बाँके क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ। अहिलेसम्म १२ सय ४८ मतगणना भएको छ। जसमा नेकपा एमालेले ६ सय मत प्राप्त गरेको छ। नेकपा एमालेका तर्फबाट किस्मत कुमार कक्षपति उम्मेदवार रहेका छन्।
त्यस्तै, नेपाली कांग्रेसले ४ सय मत प्राप्त गरेको छ। वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका किशोर सिंह राठोर उम्मेदवार छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले २ सय ४८ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट देवेन्द्र नाथ शुक्ला उम्मेदवार रहेका छन्। बाँके ३ मा कूल ७४ हजार २ सय १३ मत खसेको थियो।
324
Shares
प्रतिक्रिया