कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना जारी छ।
प्रतिनिधिसभा सदस्यको ५ सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै १ सय ६२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले १ सय २२ मत ल्याएकी छन्।
यस्तै गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले १ सय १० मत प्राप्त गरेका छन् भने राप्रपाका सुवर्णराज पन्तले ७५ मत पाएका छन्।
निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्यको मतगणना पनि सुरु भइरहेको र केही समयमा प्रारम्भिक नतिजा सार्वजनिक गरिने बताइएको छ।
त्यस्तै कास्की निर्वाचन क्षेत्र नं १ र ३ को मतगणना बिहान ११ बजे सुरु गरिने निर्वाचन कार्यालय पोखराका प्रदेश निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले बताए। रासस
234
Shares
प्रतिक्रिया