कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ।
१ हजार ७०४ मत गणना हुँदा यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ५२८ मत ल्याएका छन्। उनका निकटतमाप्रतिस्पर्धी एमालेकी विद्या भट्टराईले ३९७ मत प्राप्त गरेकी छन्।
अर्का प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मदेवार रहेका श्रीनाथ बरालले २९६ मत ल्याएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले २४९ मत ल्याएका छन्।
कास्की २ पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीले चुनाव जित्दै आएको क्षेत्र हो।
रवीन्द्रको निधनपछि विद्या भट्टराईले यसअघिको उपनिर्वाचनमा यही क्षेत्रबाट विजय हासिल गरेकी थिइन्।
कास्की निर्वाचन क्षेत्र नम्बर १ र ३ मा पनि मतगणना सुरु हुँदैछ।
582
Shares
प्रतिक्रिया