नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुमै दोब्बर भन्दा बढी मतको अग्रता बनाएका छन्।
६ हजार मतगणना भइसक्दा ओलीले ३ हजार २ सय १२ मत ल्याउन सफल भएका छन्।
उनलाई पछ्याइरहेका सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीको १ हजार ५ सय २३ मत ल्याएका छन्।
ओली उम्मेदवार रहेको झापा क्षेत्र नम्बर ५ मा सोमबार मध्यान्ह १२ बजेदेखि मत गन्न थालिएको थियो।
६ हजार वटा मतपत्र गनेर सकिएपछि नतिजा सार्वजनिक गरिएको निर्वाचन अधिकृत डम्बर काफ्लेले बताए।
609
Shares
प्रतिक्रिया