सर्लाही क्षेत्र नम्बर १ मा दुवै गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका बागी उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन्।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धन र एमाले-जनता समाजवादी पार्टी गठबन्धनलाई मानबहादुर खड्काले पछि पारेका हुन्।
एमालेबाट टिकट नपाएपछि खड्का बागी उठेका थिए। सर्लाही १ मा एक हजार २४५ मत गणना सकिँदा खड्काले पुतली चुनाव चिन्हमा ४२७ मत ल्याएका छन्। उनी लालबन्दी नगरपालिकाका पूर्व मेयर पनि हुन्।
यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट लोसपाका रामप्रकाश चौधरी उम्मेदवार छन्। एमाले-जसपा गठबन्धनबाट जसपाका प्रमोद साह उम्मेदवार छन्। साह त्यही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद समेत हुन्।
अहिलेसम्म चौधरीले ३३९ र साहले २४५ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ।
2.2k
Shares
प्रतिक्रिया