रोल्पा ‘ख’ प्रदेशसभामा नेपका माओवादी केन्द्रका बागीले सत्तागठबन्धनका उम्मेदवारलाई भारी मतले पराजित गरेका छन्।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई झण्डै ४ हजार मतान्तरले पराजित गर्दै दीपेन्द्र पुन (सिजल) विजयी भएका हुन्।
अन्तिम मत परिणामअनुसार धारो चुनावबाट उठेका पुनले १४ हजार ९ सय २७ मत प्राप्त गरे। त्यहाँ कांग्रेसका पुनले १० हजार ४ सय ६ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा एमाले उम्मेदवार छन्। उनले ८ हजार ८ सय ३ मत प्राप्त गरेका छन्।
789
Shares
प्रतिक्रिया