मतगणनामा सुरुदेखि नै पछि पर्दै आएका नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँगको मतान्तर घटाएका छन्।
पछिल्लो गणना अनुसार माओवादी नेतृ शर्माले १८ हजार २ सय ९० मत प्राप्त गर्दा महासचिव पोखरेलले १७ हजार २० मत सहित उनलाई पछ्याइरहेका छन्।
शर्मा र पोखरेलबीचको मतान्तर १ हजार २ सय ७० मा झरेको छ। महासचिव पोखरेलले बुधबार अपरान्हदेखि मतान्तर घटाउन सुरु गरेका हुन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १० हजार १ सय १४ मतप्राप्त गरेका छन्।
1.9k
Shares
प्रतिक्रिया