प्युठानमा नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय जनमोर्चा नेपालको विरासत तोडेका छन्।
पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका थापा पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएकी जनमोर्चाकी दुर्गा पौडेललाई पराजित गरेकी हुन्।
एमाले पोलिटब्युरो सदस्य र प्यूठान इन्चार्ज रहेका थापाले जनमोर्चाको विरासत तोड्दै संसद यात्रा तय गरेका हुन्। थापा पहिलो प्रतिस्पर्धामै विजयी भएर संसदमा छिर्दै छन्।
रुखो बोली भएको भन्दै चर्चासँगै विवादमा आउने थापा जनताबाट अनुमोदित भएका छन्।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती भएकै कारण दुर्गा पौडेलले अवसर पाएको भन्दै पार्टीभित्र असन्तुिष्ट थियो। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन धेरै अघि रहे पनि यो पटक मत ट्रान्सफर हुन सकेन।
गत स्थानीय तहको नजिता अनुसार एमालेको ३९ हजार ८७७ मत रहेको थियो। कांग्रेसको २१ हजार ५६४, माओवादी केन्द्रको १७ हजार १६३, जनमोर्चाको १३ हजार ६१२, नेकपा एकीकृत समाजवादीको १ हजार ३२२ मत पाएको थियो।
राजनीतिक यात्रा
२०६४ मा एमालेको प्रचार विभाग सचिवमा नियुक्तिपछि एमालेको मुखपत्र नवयुग मासिकमा सम्पादन गरे।
थापाले झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको भुमिका निभाए। २०७१ सालमा थापा एमालेको केन्द्रीय सदस्य भए। यसअघि उनी प्रेस चौचारीको इन्चार्ज समेत भए।
उनी प्युठानको झिमरुक गाउँपालिका सौतामारेमा जन्मिएका हुन्। अर्घखाँचीबाट अनेरास्ववियुको राजनीतिमा गरेका उनी काठमाडौंको कैलाशकुट क्याम्पसमा स्ववियु सभापति चुनिएका थिए।
२०५१ सालपछि पत्रकारितामा सक्रिय भए। उनी एमालेनिकट विभिन्न पत्रिकामा काम गरे। रेडियो नेपालमा घटना र विचार कार्यक्रम पनि उनले चलाएका थिए।
Shares
प्रतिक्रिया