धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले मतगणनामा धाँधली भएको आरोप लगाएका छन्।
अरगरियाले मतगणनामा धाँधली भएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरेका हुन्।
निर्वाचन अधिकृत र स्थानीय प्रहरी–प्रशासनको सहयोगमा नेपाली काँग्रेसले मतगणनामा धाँधली गरेको अरगरियाले बताए।
शुक्रवार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर निर्वाचन निर्देशिकाविपरीत अर्को बक्सामा गएको ४ सय मतलाई बदर गरेर आफूमाथि अन्याय भएको बताए।
निर्वाचन अधिकृतले सरकारकै निर्देशनमा आफूलाई हराउने षड्यन्त्र गरेको दावी अरगरीयाले गरेका छन्।
अर्को बक्सामा परेका मतलाई गणना नगरेको खण्डमा न्यायका लागि आफू अदालत पनि जाने उनको भनाइ छ।
उनले आफूहरुले राति गणनामा प्रश्न उठाए पनि प्रहरी प्रशासनको आड्मा थेरै समयमा १० वटा बक्साको मत गनेर नतिजा सार्वजनिक गर्ने काम गरेको बताए।
धनुषा क्षेत्र नम्बर २ मा अरगरियालाई कांग्रेस उम्मेदवार रामकृष्ण यादवले १ सय ५७ मतान्तरले पराजित गरेका थिए।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यादवले २० हजार १ सय १२ मत प्राप्त गरे भने अरगरियाले १९ हजार ९ सय ५५ मत ल्याए।
Shares
प्रतिक्रिया