मंसिर ४ को आमनिर्वाचनअन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा चलिरहेको छ।
आइतवारदेखि माओवादीलाई उछिनेर तेस्रो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले फेरि चौथोमा झरेको छ।
सोमबार मध्यान्हदेखि फेरि माओवादीले रास्वपालाई उछिन्दै तेस्रोमा उक्लिएको छ।
ताजा अवस्थामा माओवादीले १० लाख ६४ हजार १५२ मत पाएको छ। उता रास्वपालाई १० लाख ६३ हजार ८३१ मत खसेको छ।
कसले कति ल्याए?
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) : २५,३४,४४४
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : १०,६४,१५२
राष्ट्रिय स्वतन्त्र पार्टी : १०,६३,८३१
राष्ट्रिय प्रजातन्त्र पार्टी : ५,४५,६९०
जनता समाजवादी पार्टी, नेपाल : ३,२६,४१८
जनमत पार्टी : २,६२,८२६
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) : २,५२,१५५
नागरिक उन्मुक्ति पार्टी : २,३७,९६४
312
Shares
प्रतिक्रिया