सुनसरी क्षेत्र नम्बर ४ को मतगणना जारी छ। दुई दिन रोकिएर मंगलबारदेखि जारी मतगणनामा नेपाली कांग्रेसका उमेदवार एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन्।
ताजा अवस्थामा हाल भोक्राहा-नरसिंह गाउँपालिका ७ र बराहक्षेत्र नगरपालिका ११ को जम्मा ५,६९४ मतगणना भइरहेको छ।
यस्तोमा कार्की कार्की २६ हजार ९९८ मतसहित अग्रस्थानमा यथावत छन्। उता नेकपा एमालेका जगदीश कुसियत २६ हजार ७५३ मतसहित दोस्रो स्थानमा छन्। उनीहरुबीच २४५ मतको अन्तर छ।
अब यसपछि भोक्राहा ७ र बराहक्षेत्र ११ गनिसकिँदैछ। त्यसपछि कोसी गाउँपालिका ६ र बराहक्षेत्र नगरपालिका १० को ५ हजार ८१८ गणना गरिनेछ।
858
Shares
प्रतिक्रिया