ad ad

राजनीति


ट्रम्पले राष्ट्रपति चुनाव लड्न पाउने कि नपाउने? अब अमेरिकी सर्वोच्च अदालतले निर्णय गर्ने

ट्रम्पले राष्ट्रपति चुनाव लड्न पाउने कि नपाउने? अब अमेरिकी सर्वोच्च अदालतले निर्णय गर्ने

नेपालखबर
पुस २१, २०८० शनिबार ९:५, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आगामी राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने किन नपाउने भन्ने ऐतिहासिक मुद्दाको सुनुवाइ अब त्यहाँको सर्वाेच्च अदालतले गर्ने भएको छ। 

बीबीसीका अनुसार अमेरिकी सर्वाेच्च अदालतले यो मुद्दाको सुनुवाइ फेब्रुअरीमा गर्नेछ, जुन फैसला देशभर लागू हुनेछ।

यसअघि अमेरिकाको कोलोराडो राज्यस्थित सर्वोच्च अदालतले रिपब्लिकन नेता  ट्रम्पलाई २०२४ को राष्ट्रपतीय प्राथमिक चुनाव लड्न अयोग्य रहेको फैसला सुनाएको छ। उक्त फैसलाविरुद्ध सुनुवाइ गर्न अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश राजी भएका हुन्। 

यस्तै अर्काे अमेरिकी राज्य माइनले पनि ट्रम्पलाई राष्ट्रपतिको प्राथमिक निर्वाचन लड्न रोक लगाएको छ। यसलाई पनि ट्रम्पले चुनौती दिने भएका हुन्। 

आजभन्दा ठ्याक्कै ३ वर्षअघि आजकै दिन ६ जनवरी २०२१ मा राष्ट्रपति चुनावमा जो बाइडेनसँग हारेपछि ट्रम्पका समर्थकहरूले क्यापिटल हिलमा आक्रमण गरेका थिए। 

यस विद्रोहमा ट्रम्प संलग्न भएको आरोप लगाउँदै उनलाई राष्ट्रपति चुनाव लड्न अयोग्य ठहराउनुपर्ने माग गर्दै धेरै राज्यमा मुद्दा दायर गरिएको थियो। 

अब अमेरिकी सर्वोच्च अदालतले गृहयुद्ध (१८६१–६५) को समयमा गरेको संवैधानिक संशोधनले ट्रम्पलाई राष्ट्रपति पदको उम्मेदवार बन्नबाट रोक्छ कि रोक्दैन भन्ने विषयमा निर्णय गर्नेछ। 

अमेरिकी संविधानको १४औँ संशोधनले ‘विद्रोह वा विद्रोहमा संलग्न’ कुनै पनि व्यक्तिलाई मुलुकको केन्द्रीय पद धारण गर्न निषेध गर्छ। 
ट्रम्पका वकिलहरूले भने यो संशोधन राष्ट्रपतिमा लागू नहुने तर्क गरिरहेका छन्। 

यो प्रावधानलाई कसरी व्याख्या गर्ने भन्ने विषयमा अमेरिकी सर्वोच्च अदालतले पहिलोपटक विचार गर्ने भएको हो। 

ट्रम्पका वकिल भन्छन्, ‘कोलोराडो सर्वोच्च अदालतको निर्णयले कोलोराडोका लाखौँ मतदाताहरूलाई मताधिकारबाट वञ्चित गर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .