ad ad

राजनीति


चुनाव जितेको दाबी गर्दै इमरान खानको पार्टीद्वारा आन्दोलन घोषणा

चुनाव जितेको दाबी गर्दै इमरान खानको पार्टीद्वारा आन्दोलन घोषणा

नेपालखबर
माघ २८, २०८० आइतबार ९:३६, काठमाडौँ

हाल जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) ले चुनाव जितेको दाबी गर्दै देशका धेरै भागमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

पार्टीले चुनावमा पाएको जनादेश लुट्ने प्रयास भइरहेको दाबी गरेको छ। पार्टीले लाहोर, फैसलाबाद, रावलपिंडी, मुल्तान, बहावलपुर, डेरा गाजी खान र गुजरनवालामा कार्यकर्ताहरूलाई प्रदर्शन गर्न आग्रह गरेको छ।

अहिलेसम्मको नतिजामा पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी सिट जितेका छन्।

पीटीआईले दिउँसो २ बजे लाहोरको लिबर्टी चोकमा शान्तिपूर्ण प्रदर्शनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएको छ। 

पीटीआईले ट्विटरमार्फत जनादेश खोस्ने प्रयासको विरोधमा दक्षिणी पञ्जाबमा शान्तिपूर्ण प्रदर्शन गरिने बताएको छ।

मतदान सकिएको तेस्रो दिन भइसक्दा पनि राष्ट्रिय सभाका सात सिटको मतपरिणाम आउन बाँकी छ। यी सबै सिट बलुचिस्तानका हुन्।

यसअघि शनिबार पीटीआईका अध्यक्ष गौहर अली खानले आफ्नो पार्टीका कार्यकर्ताहरूले शनिबार रातिसम्म नतिजा घोषणा नहुने सिटका मतगणना केन्द्रबाहिर विरोध प्रदर्शन गर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .