ad ad

राजनीति


एमालेले बहिष्कार गर्‍यो कोशीमा मुख्यमन्त्रीको शपथ कार्यक्रम

एमालेले बहिष्कार गर्‍यो कोशीमा मुख्यमन्त्रीको शपथ कार्यक्रम

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८० बुधबार १८:२३, काठमाडौँ

नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथ कार्यक्रम बहिष्कार गरेको छ।

कोशीका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले थापाको शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका हुन्।

प्रदेश प्रमुख परशुराम खापुङको विराटनगरस्थित कार्यालयमा बुधबार अपरान्ह आयोजित सपथग्रहणमा सिट नराखेको भन्दै कार्कीले शपथ कार्यक्रम बहिष्कार गरेका हुन्।

कार्कीले शपथ समारोहमा निवर्तमान मुख्यमन्त्रीका लागि मुख्यमन्त्रीको छेवैमा सिट राखिने गरेकोमा त्यो नगरेपछि बहिष्कार गरेको बताए। 

प्रदेश सरकारमा नयाँ मुख्यमन्त्रीको शपथपछि बधाई दिएर सिट छोड्ने चलन छ। तर आफ्ना लागि सिट नै नराखिएपछि शपथग्रहण समारोहमा बस्नु उचित नभएको भन्दै कार्कीले बहिष्कार गरेर हिँडेका हुन्। 

उनले आफू निवर्तमान मुख्यमन्त्री भएको बताए। साउन ११ गतेको सर्वोच्च अदालतको फैसलअनुसार आफू मंगलबारसम्म कामचलाउ मुख्यमन्त्री भएपनि प्रदेश प्रमुख खापुङले त्यसलाई बेवास्ता गरेको बताए। 

‘मंगलबारसम्म म कामचलाउ मुख्यमन्त्री थिएँ, आजबाट निवर्तमान भएँ’ उनले भने,‘तर प्रदेश प्रमुखले मेरा लागि सिट राख्नुभएन। त्यही भएर बसिरहनु उचित लागेन।’

उता प्रदेश प्रमुख खापुङले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएकाले कामचलाउ मुख्यमन्त्रीको टुंगो गर्न नसकिने जवाफ दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .