ad ad

कारोबार


वर्ल्डलिंकले गेमिङ प्याकेज सार्वजनिक गर्दै

वर्ल्डलिंकले गेमिङ प्याकेज सार्वजनिक गर्दै

नेपालखबर
साउन १७, २०८० बुधबार १८:२८, काठमाडौँ

वर्ल्डलिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ। ई–स्पोर्टस् समूदायलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले गेमिङ प्याकेज ल्याउन लागेको हो।

मोबाइल गेमिङ समूदायका लागि प्रतिक्षित मानिएको उक्त प्याकेज केहि इ(स्पोर्टस् खेलाडिले परिक्षणका रुपमा प्रयोग गर्दै आएका थिए। उनीहरुले उक्त प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी एकदमै न्युन पाएको खुलासा गरेका छन्।

उक्त प्याकेज ‘प्रो गेमिङ वाईफाई सिक्स’ राउटरको साथमा उपलब्ध हुने बताइएको छ। जसले गर्दा ई–स्पोर्टसमा अहिले देखिएको लेटेन्सीको समस्या सम्बोधन हुने अपेक्षा गरिएको छ।

गेमिङ प्याकेज साउन १८ गते बिहिबार राति ८ बजे भर्चुअल रुपमा सार्वजनिक गर्ने तयारी रहेको वर्ल्डलिंक कम्युनिकेशन्सले जनाएको छ।

वर्ल्डलिंकको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेर प्याकेज सार्वजनिक गर्ने कम्पनीको तयारी छ। कम्पनीका अनुसार पब्जीसँगको सहकार्यमा नेपालमै पहिलोपटक यस्तो प्याकेज ल्याउन लागिएको हो।

नेपालमा मोबाइल गेमिङमा सक्रिय प्रयोगकर्ताको संख्या ४५ लाख हाराहारी छ। जसमध्ये ८० प्रतिशतले मोबाइलबाटै गेम खेल्छन् भने १५ प्रतिशतले पिसीको प्रयोग गर्छन् र ५ प्रतिशतले गेमिङ कन्सोलको प्रयोग गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .