ad ad

राजनीति


‘प्रदेश नम्बर १’ कै नाममा प्रथम अधिवेशन गर्दै विवेकशील साझा पार्टी

‘प्रदेश नम्बर १’ कै नाममा प्रथम अधिवेशन गर्दै विवेकशील साझा पार्टी

नेपालखबर
भदौ २५, २०८० सोमबार २०:२२, काठमाडौँ

विवेकशील साझा पार्टीले आफ्नो ‘प्रदेश नम्बर १’को प्रथम अधिवेशन गर्ने भएको छ। 

आगामी असोज १३ गते इटहरीमा १ नम्बर प्रदेशको प्रथम अधिवेशन गर्ने निर्णय गरिएको सो पार्टीले जनाएको छ। 

‘पहिचानको सम्मान, सहिष्णुताको सम्वर्द्धन’ मूल नाराका साथ प्रदेश अधिवेशन गर्न लागिएको पार्टीको मिडिया व्यवस्थापन समितिका संयोजक चिरञ्जीवी रेग्मीले जानकारी दिए। अधिवेशन तयारीका लागि विभिन्न समिति तथा उपसमिति गठन गरिएको उनले बताए। 

पार्टीको १ नम्बर प्रदेश अधिवेशन आयोजक समितिका संयोजक सुदन श्रेष्ठका अनुसार अधिवेशनले प्रादेशिक रणनीति, कार्यक्रम तथा नयाँ नेतृत्व चयन गर्ने छ।

गत माघमा केन्द्रीय अधिवेशन गरेको विवेकशील साझा पार्टीले हाल प्रदेश अधिवेशन गरिरहेको हो। बागमती प्रदेशस्तरीय अधिवेशन सम्पन्न गरेलगत्तै ‘प्रदेश नम्बर १’को अधिवेशन गर्न लागिएको सो पार्टीले जनाएको छ। 

विवेकशील साझा पार्टीको १ नम्बर प्रदेश अधिवेशन आयोजक समितिले तत्काललाई कोशी प्रदेश नभन्ने भएको छ।

आन्दोलनरत अगुवाहरूको अपिलबमोजिम ‘प्रदेश नम्बर १’ कै नाममा नाममा अधिवेशन गर्ने निर्णय गरिएको र प्रदेशको नामकरणको कुरा प्रदेश अधिवेशनले नै किनारा लगाउने सो पार्टीका नेताले बताएका छन्। 

कोशी प्रदेशसभाको बहुमतले प्रदेशको नाम कोशी पारित गरिसकेको भए पनि पहिचानवादीहरूले यसलाई स्वीकार गरेका छैनन्। यस विषयमा अझै त्यहाँ विवाद जारी छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .