ad ad

राजनीति


कोशी प्रदेश दलको नेताबाट कांग्रेस सांसद थापाले दिएको राजीनामा अस्वीकृत

कोशी प्रदेश दलको नेताबाट कांग्रेस सांसद थापाले दिएको राजीनामा अस्वीकृत

नेपालखबर
कात्तिक १, २०८० बुधबार १२:४३, काठमाडौँ

नेपाली कांग्रेसले कोशी प्रदेशसभाको दलको नेताबाट उद्धब थापाले दिएको राजीनामा अस्वीकृत गरेको छ।

बुधबार बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले अर्को व्यवस्था नभएसम्म थापालाई नै दलको नेता कायम राख्ने निर्णय भएको सांसद भुपेन्द्र राईले नेपालखबरलाई जानकारी दिए।

‘तत्काल दलको नेता फेर्न अर्को व्यवस्था भएको छैन,’ उनले भने, ‘उद्धब थापा  नै दलको नेता रहनुहुन्छ। दसैंपछि कुनै निर्णय हुन सक्छ।’

कोशीमा कांग्रेसकै शेखर कोइराला पक्षका सांसद केदार कार्कीले बिद्रोह गरि एमालेसँग मिलेर मुख्यमन्त्री बनेपछि थापाले दलको नेताबाट राजीनामा दिएका थिए।

बुधबार कार्कीले विश्वासको मत लिँदैछन्। कांग्रेस संस्थापन पक्षले कार्कीलाई विश्वासको मत दिने निर्णय गर्दै सत्तापक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .