ad ad

राजनीति


मधेसमा सत्ता गठबन्धनसँग एमालेको भन्दा दोब्बर बढी मतभार

मधेसमा सत्ता गठबन्धनसँग एमालेको भन्दा दोब्बर बढी मतभार

जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान गर्न जाँदै जनप्रतिनिधि


नेपालखबर
माघ ११, २०८० बिहिबार १०:२३, काठमाडौँ

देशका सातमध्ये राष्ट्रियसभा निर्वाचनमा सबैभन्दा धेरै मतभार मधेस प्रदेशमा देखिएकोछ। 

१०७ प्रदेश सांसद र २७२ पालिका प्रमुख उपप्रमुख गरेर मधेस प्रदेशमा १० हजार ८३९ मतभार रहेको निर्वाचन आयोगले जनाएको छ।

मधेस प्रदेशमा सबैभन्दा धेरै मतभार एमालेसँग छ। मधेसमा एमालेका २३ प्रदेश सांसद र ५७ जना पालिका प्रमुख उपप्रमुख गरेर २ हजार ३०२ मतभार छ।

दलगतरुपमा आफूसँग सबैभन्दा धेरै मतभार भए पनि सत्ता गठबन्धनको कारण मधेशमा एमालेका उम्मेदवार विजयी हुने सम्भावना भने कमजोर देखिएको छ। 

मधेशमा कांग्रेसका २२ प्रदेश सांसद र १०२ पालिका प्रमुख उपप्रमुख गरेर कुल मतभार ३ हजार १०४ छ। 

कांग्रेसपछि मधेशमा मतभार धेरै भएको दल जसपा हो। जसपासँग १६ प्रदेश सांसद र ५१ पालिका जनप्रतिनिधि गरेर १ हजार ८१७ मतभार छ। त्यसैगरी ९ प्रदेश सांसद र २४ जना पालिकाका जनप्रतिनिधि रहेको लोसपाको कुल मतभार मधेशमा ९३३ छ।

मधेशमा पाँचौँ शक्तिको रुपमा रहेको माओवादी केन्द्रसँग ९ प्रदेश सांसद र १८ पालिका जनप्रतिनिधि गरेर कुल मतभार ८१९ छ भने १३ प्रदेश सांसद र ३ पालिकाका जनप्रतिनिधि रहेको जनमतको कुल मतभार मधेशमा ७४६ छ।

त्यसैगरी ७ प्रदेश सांसद र ११ पालिका जनप्रतिनिधि गरेर एकीकृत समाजवादीसँग मधेशमा मतभार ५८० छ। एक एक प्रदेश सांसद रहेका नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीको मधेशमा समान ५३-५३ मतभार छ।

एक स्थानीय जनप्रतिनिधि रहेको तमलोपासँग १९ तथा २ स्थानीय जनप्रतिनिधि रहेको विवेकशील साझा पार्टीसँग मधेशमा ३८ मतभार छ भने स्वतन्त्र ५ प्रदेश सांसद र ३ स्थानीय जनप्रतिनिधिसँग ३२३ मतभार छ। 

मधेस प्रदेशमा सत्ता गठबन्धनका चार दलको मतभार ६ हजार २६७ छ। जुन एमालेको तुलना दोब्बरभन्दा पनि बढी हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .