ad ad

राजनीति


विश्वासको मत लिएको दुई दिनमै संकटमा मधेसका मुख्यमन्त्री, सरकार बनाउन कांग्रेसको कसरत

विश्वासको मत लिएको दुई दिनमै संकटमा मधेसका मुख्यमन्त्री, सरकार बनाउन कांग्रेसको कसरत

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह


नेपालखबर
असार २४, २०८१ सोमबार १३:४४, काठमाडौँ

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ।

मुख्यमन्त्री सिंहलाई पहिला विश्वासको मत दिने र त्यसलगत्तै सरकारमा गठबन्धनका दल कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई सरकारमा सहभागी गराउने सहमति भएको थियो।

कांग्रेसलाई अर्थसहित चार मन्त्रालय र गृह तथा सञ्चारसहित लोसपालाई दुई मन्त्रालय दिने आन्तरिक सहमति भएको थियो। तर विश्वासको मत लिएपछि जनमत पार्टीका मुख्यमन्त्रीले सहमति कार्यान्वयन नगरेको असन्तुष्टि जनाउँदै कांग्रेस र लोसपा सरकारमा सहभागी भएको छैन।

कांग्रेसले जनमत पार्टीलाई सहमतिअनुसार विश्वास गरेर विश्वासको मत दिए पनि जनमत पार्टीले धोकाधडी गरी विश्वासको वातावरण कायम राख्न नसकेको आरोप कांग्रेस र लोसपा सांसदहरूको छ।

सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेसले आफ्नो नेतृत्वमा छुट्टै सरकार बनाउने तयारी अघि बढाइसकेको छ। सो तयारी स्वरुप आज बिहान जसपा नेपाल, एमाले र लोसपाको संसदीय दलसँग छुट्टाछुट्टै रुपमा छलफल समेत गरेका छन्।

पार्टी स्रोतका अनुसार छलफलमा जसपा, एमाले र लोसपाले कांग्रेस नेतृत्वलाई स्वीकार गर्दै अघि बढ्न सुझाव दिएको छ।

मन्त्रालय बाँडफाँटमा जनमत केन्द्रीय नेतृत्वको प्रदेशमा हस्तक्षेपका कारण सहमतिको वातावरण बिग्रिन गएको कांग्रेस संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्ण यादवले बताए।

कांग्रेस स्रोतका अनुसार विश्वासको मत लिनुअघि एमालेका मन्त्रालय यथावत् रहने गरी माओवादी र नेकपा एसले सम्हाल्दै आएका अर्थ मन्त्रालय, ऊर्जा, सिँचाइ तथा खानेपानी, उद्योग वाणिज्य तथा पर्यटन र भूमि व्यवस्था, कृषि तथा सहकारीसहितका ४ मन्त्रलाय र लोसपालाई एक मन्त्री र एक राज्यमन्त्री  दिने आन्तरिक सहमति भएको थियो।

विश्वासको मतपछि मन्त्रालय बाँडफाँटका लागि शनिबार बेलुकादेखि आइतबार बेलुकासम्म पटकपटक बैठक बस्यो। कांग्रेसले आफूले पाउने मन्त्रालयमा अडानमा रह्यो भने लोसपाले दुईवटा मन्त्रालय पाउने अडानमा राखेका  थियो।

आइतबार दिनभरको समर्थनपछि साँझ मन्त्रालय बाँडफाँडको कांग्रेससँग सहमति भई लिखित सम्झौता भइरहेको क्रममा मुख्यमन्त्री सिंहले अर्थमन्त्रालय आफूले नै राख्ने माथिबाट निर्देशन आएको भनेपछि सहमतिको वातावरण बिग्रिन गएको काँग्रेस संसदीय दलका नेता यादवले बताए।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको प्रक्रिया थालेको हो? भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा उनले सबै दलले आफ्नै नेतृत्व स्वीकर गरिसकेको बताए। 

सहमतिअनुसार नभए नयाँ सरकारको पहल थाल्ने उनको चेतावनी छ। न्यूज एजेन्सी नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .