राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेका छन्।
चितवन क्षेत्र नम्बर २ मा कीर्तिमानी जितपछि उनलाई निर्वाचन कार्यालले प्रमाणपत्र दिएको हो।
अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत पाए। यससँगै उनले भरतपुरमा धन्यवाद सभा पनि गरेका छन्।
उक्त धन्यवाद सभामा रविका हजारौँ समर्थक र कार्यकर्ता जम्मा भएका थिए। उनीहरुले रविलाई बधाई दिँदै आफ्ना अपेक्षा पनि सुनाए।
धन्यवाद सभाका क्रममा रविले आगामी ५ वर्षमा केन्द्रमा बहुमतको सरकार बनाउने गरी अब संगठन विस्तारमा लाग्ने बताए।
129
Shares
प्रतिक्रिया