ad ad

राजनीति


प्रचण्डले बोलाएको सचिवालय बैठकमा बहुमत सदस्य सहभागी हुने

प्रचण्डले बोलाएको सचिवालय बैठकमा बहुमत सदस्य सहभागी हुने

नेपालखबर
कात्तिक २१, २०७७ शुक्रबार ९:१६,

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालयको अनौपचारिक बैठकमा बहुमत सदस्य सहभागी हुने भएका छन्।

शुक्रबार दिउँसो ३ बजेका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले सहभागी हुने बताए।

प्रचण्डले बोलाएको बैठकमा सहभागी हुने विषयमा सचिवालयका सदस्यहरुसँग नेपालखबरले कुरा गर्दा बहुमत सदस्य उपस्थित हुने बताएका हुन्।

पार्टी केन्द्रीय कार्यालयबाट दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबाहेक सचिवालयका ७ जनालाई बैठकका विषयमा सन्देश पठाइएको पार्टी कार्यालय स्रोतले बतायो।

तर, उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल बैठकमा सहभागी हुने सम्भावना कम रहेको छ। उनका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले बैठकको बारेमा जानकारी नै नआएको जिकिर गरे। ‘बैठकको बारेमा कुनै जानकारी आएको छैन’, सचिवालय सदस्य पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले नेपालखबरसँग भने।

गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले बैठकमा उपस्थित हुने नहुने बारे प्रष्ट जवाफ दिएका छैनन्। प्रधानमन्त्री ओलीको एउटै क्याविनेटमा रहेका कारण अहिलेसम्म कार्यकारी अध्यक्षतिर उनी खुलेर देखिएका छैनन्। तर, निर्णायक छलफलका बेला उनी प्रचण्डकै पक्षमा उभिने उनी निकट नेताहरु बताउँछन्। आजको बैठकमा पनि जाने संभावना कम रहेको उनी निकट स्रोतले जनायो।

यस्तै महसचिव विष्णु पौडेल पनि बैठकमा जाने नजाने निश्चित गरेका छैनन्। प्रधानमन्त्री ओली निकट भनेरै चिनिएका पौडेल अर्थमन्त्रीसमेत रहेका कारण कार्यकारी अध्यक्षले बोलाएको बैठकमा उपस्थित हुने सम्भावना कम रहेको उनी निकट स्रोत बताउँछ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा सहभागी नहुने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए। उनले प्रचण्डले बोलाएको उक्त बैठकलाई पार्टीको नभइ गुटको बैठक भएको बताएका छन्।

याे पनि : धुम्बाराहीमा आज सचिवालय बैठक छैन : प्रधानमन्त्रीका सल्लाहकार थापा

यस आधारमा हेर्दा सचिवालयका ४ जना बैठकमा उपस्थित नहुने भएका छन्। अनौपचारिक बैठक भएकोले कुनै निर्णय त हुने छैन तर प्रचण्डले कार्यकारी अधिकारको भने प्रयोग गरेर कमिटी बैठक आयोजना गरेका हुन्।

भदौ २६ गतेको स्थायी समिति बैठकले प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी हेर्ने जिम्मा दिएको छ।

याे पनि: 
प्रचण्डले बोलाए सचिवालयको अनौपचारिक बैठक, ओली पक्ष भन्छ- कुनै जानकारी छैन

बैठक राख्न ओली तयार नभए, प्रचण्ड–नेपाल पक्षको यस्तो छ ‘प्लान बी’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .