ad ad

राजनीति


दुर्गममा डाक्टर पठाउन सरकारलाई संसदीय समितिको निर्देशन

दुर्गममा डाक्टर पठाउन सरकारलाई संसदीय समितिको निर्देशन

सांकेतिक तस्बिर


नेपालखबर
असार १, २०८० शुक्रबार १३:४, काठमाडौँ

संसदीय समितिले दुर्गममा चिकित्सक र नर्सको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।

बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले काजमा कर्मचारी बस्ने प्रवृत्ति हटाइ दुर्गम स्थानमा रिक्त रहेका दरबन्दीमा डाक्टर र नर्सहरूको शीघ्र व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ताकेता गरेको हो।

समितिले दुर्गममा डाक्टर पठाउन सहित १२ बुँदे निर्देशन कार्यान्वयन गर्न मन्त्रालयलाई भनेको छ।

प्रस्तावित कार्यविधिमाथि छलफल गर्दै सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिइएको समिति सचिव निर्मलादेवी लामिछाने (वस्ती)ले बताइन्।

मन्त्रालयलाई समितिका १२ बुँदे निर्देशन

१) काजमा कर्मचारी बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै दुर्गम स्थानमा रिक्त रहेका दरबन्दीमा चिकित्सकहरूको तथा नर्सहरूको शीघ्र व्यवस्थापन गर्ने।

२) निर्माणाधीन अस्पतालहरू तोकिएको समयसीमामा सम्पन्न गरी सेवा सुचारु गर्ने।

३) जिल्ला अस्पतालहरूलाई सुविधा सम्पन्न ५० शैयाको अस्पताल बनाइ सहज स्वास्थ्य सेवा उपलब्ध गराउने। 

४) हाल विरगञ्ज, वाके लगायत अन्य ठाउँमा फैलिएको दादुरा महामारीको रोकथाम गर्न तत्काल प्रक्रिया अघि बढाउने।

५) डाइलासिस गर्नुपर्ने मृगौला पीडितहरूको लागि सहज स्वास्थ्य पहुँच उपलब्ध गराउन आवश्यक नीतिगत एवं कार्यगत व्यवस्था मिलाउने।

६) स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र जनशक्तिको खपतवीच उचित तालमेल मिलाउन आवश्यक योजनागत, संस्थागत एवं कार्यविधिगत संयन्त्रको व्यवस्था गर्ने।

७) विशेष बर्न सेन्टरको विकास गर्न कीर्तिपुरको बर्न अस्पतालमा जनशक्ति सम्पन्न बनाउने।

८) नेपालमा बढ्दो आत्महत्याको कारण पहिचान गरी मृत्युदर न्यूनीकरण गर्न निरोधात्मक, उपचारात्मक र प्रवर्धनात्मक विधिको उपयोग गर्ने।

९) दक्ष जनशक्तिको राष्ट्रिय खपत बढाइ जनशक्ति पलायनलाई निरुत्साहित गर्ने।

१०) स्वास्थ्य क्षेत्र सम्बन्धी विविध पक्षको केन्द्रीय डाटा बैंक तयार गर्ने ।

११) अस्पतालमा हुने अत्यधिक चाप र भिडभाड व्यवस्थित गर्न टोकन प्रणालि तथा ई–टिकटिङ को व्यवस्था गर्ने।

१२) प्रसुति सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .