भारतका चर्चित उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोट पदार्थले भरिएको स्कार्पियो गाडी फेला परेको घटना अनुसन्धान गरिरहेको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले अर्काे एउटा खुलासा गरेको छ।
सीसीटीभी फुटेजका आधारमा गत फेब्रुअरी १७ का दिन जीपीओ फोटस्थित अदालतनजिक मुम्बईका सहायक प्रहरी निरीक्षक (हाल निलम्बित) सचिन वाजे र गाडी मालिक भनिएका (हाल मृत्यु भइसकेका) मनसुन हिरेनबीच १० मिनेट कुराकानी भएको पुष्टि भएको हो।
मुलुन्ड–ऐरोली रोडमा स्कार्पियो बग्रिएिपछि हिरेन एक ट्याक्सीमा दक्षिण मुम्बईतर्फ लागेको बताइएको छ।
एनआईएले बिहीबार मर्सिडिज कार र टोयटा ल्यान्ड क्रुजर गाडी नियन्त्रणमा लिएको छ। दुवै गाडी सचिन वाजेकै कम्पाउन्डबाट प्रहरीले जफत गरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार मनसुन हिरेनको मृत्यु मर्सिडिज कारसँग सम्बन्धित हुन सक्छ। भारतीय प्रहरीका अनुसार ल्यान्ड क्रुजर गाडी विजयकुमार गषपत भोसलेको नाममा दर्ता छ, जो रत्नागिरिदेखि शिवसेनासम्म जोडिएका छन्।
एनआईएको दाबी छ– यस प्रकरणमा वाजेसँगै ६ व्यक्ति संलग्न छन्। प्रहरीले वाजेको घरबाट महत्वपूर्ण प्रमाण संकलन गरिरहेको छ।
वाजेको गाडीमा हिरेन देखिए
सीसीटीभी फुटेजमा सचिन वाजे आफ्नो मसिर्डिज कारमा मुम्बई प्रहरीको मुख्यालय गइरहेको देखिएको छ। अधिकारीका अनुसार केही सेकेन्डपछि त्यस गाडीमा हिरेन पनि देखिएका छन्।
याे पनि : अम्बानी प्रकरण : मुम्बई प्रहरी आयुक्तबाट हटे पनि टरेन परमवीर सिंहको संकट
प्रतिक्रिया