ad ad

राजनीति


सरकारले भन्यो– सन्दीपको भिसाका लागि थप पहल भइरहेको छ, हेरौँ के हुन्छ (भिडिओ)

सरकारले भन्यो– सन्दीपको भिसाका लागि थप पहल भइरहेको छ, हेरौँ के हुन्छ (भिडिओ)

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १८:५४, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विषयमा सरकारले प्रष्टिकरण दिएको छ। सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेृखा शर्माले भिसा दिनु वा नदिनु अमेरिकाकै विषय भएको बताइन्। 

सरकारले सन्दीपलाई भिसा दिन आवश्यक पहल गरेपनि भिसा नदिएको विषयमा सरकारले प्रतिक्रिया दिनु राम्रो नहुने पनि उनले बताइन्। 

‘नेपाल सरकारले पहल र प्रयत्न गर्यो। अमेरिकामा जुन खेल प्रतियोगिता भइरहेको थियो, त्यहाँ जानका लागि पहल गरियो। अमेरिकाले भिसा दिनु, नदिनु उसको आफ्नो कुरा पर्यो,’ उनले भनिन्, ‘नेपाल सरकारको पहल कदमी आफ्नो ठाउँमा छँदैछ। भिसा दियो, दिएन भनेर हामीले उत्तर दिने कुरा रहेन।’

साथै, उनले सन्दीपको भिसाको बारेमा थप पहलकदमी भइरहेको समेत बताइन्। ‘यो विषयमा फेरि थप पदलकदमी भइरहेको छ, हेरौँ के हुन्छ त्यसपछि थाहा होला,’ उनले भनिन्। 

सन्दीपले दुई पटकसम्म अमेरिकाको भिसाका लागि आवेदन दिएपनि दूतावासले भिसा दिएन। 

बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि क्यानले उनको निलम्बन फुकुवा गरेको थियो। निलम्बन फुकुवासँगै विश्वकपका लागि सन्दीप टोलीमा फर्कने बाटो खुलेको थियो।

क्यानले विश्वकपका लागि आईसीसीसामु सन्दीपलाई टोलीमा राख्न गरेको आग्रह स्वीकार गरेको थियो।

क्यानले पूर्व घोषित टोलीमा फेरबदल गर्न पाउने मिति २५ मे सम्म सन्दीपलाई पनि समट्दै खेलाडीको नाम बुझाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .