ad ad

राजनीति


सुदूरपश्चिममा भागबन्डा : पाललाई अर्थ, भाटलाई सामाजिक विकास

सुदूरपश्चिममा भागबन्डा : पाललाई अर्थ, भाटलाई सामाजिक विकास

नेपालखबर
जेठ २८, २०८१ सोमबार ११:५५, काठमाडौँ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएको ५२ दिनपछि दीर्घ सोडारीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार, केहीबेरमा बस्ने सत्तारुढ गठबन्धनको संयुक्त बैठकपछि आजै सरकार विस्तार गर्नेगरी तयारी थालिएको छ। 

नेकपा एमाले र माओवादी केन्द्रसहितको सहभागीतामा मुख्यमन्त्री सोडारीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। 

जस अनुसार एमाले र माओवादीका तीन/तीन जना मन्त्री बन्ने भएका छन्। 

एमाले तयार नभएकै कारण मुख्यमन्त्री नियुक्त भएको ५१ दिन बितिसक्दा पनि दीर्घ सोडारीले सरकार विस्तार गर्न पाएका थिएनन्। एमाले नगएपछि माओवादी पनि प्रदेश सरकारमा सहभागी हुन रोकिएको थियो।

स्रोतका अनुसार, एमालेले अर्थ मन्त्रालय र माओवादीले सामाजिक विकास मन्त्रालय लिनेगरी सहमति जुटेको छ।

‘सरकारमा जाने निर्णय भइसकेको छ,’ स्रोत भन्छ, ‘अहिले मन्त्रालयमा सबैमा सहमत भइसकेको छैन। एमाले र माओवादीलाई तीन/तीन वटा मन्त्रालय रहनेगरी भागबन्डा मिलाएका छौँ। आजै शपथ ग्रहण पनि हुनेछ।’

तर, यसअघि माओवादीले अर्थ मन्त्रालय दाबी गरेको थियो। माओवादीले सामाजिक विकास मन्त्रालय राख्ने भएको छ।

अर्थमा एमालेका सुरेन्द्रबहादुर पाल र सामाजिक विकासमा माओवादीका ओमबिक्रम भाटलाई नियुक्त गर्ने तयारी छ। उनीहरुकाे शपथ पनि आजै हुनेछ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बिहान बालुवाटारमा भएको सहमतिपछि त्यहाँ मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .