अमेरिकी दूरसञ्चार नियामकले अमेरिकालाई चिनियाँ कम्पनीहरु हुवावे र जेडटीईका सबै उपकरण सञ्जालबाट हटाउन थप ३ अर्ब अमेरिकी डलरबराबरको अर्च आवश्यक पर्ने बताएको छ।
यससँगै समग्रमा अमेरिकालाई यी कम्पनीको उपकरण हटाउन ४ अर्ब ९८ करोड डलर लाग्ने देखिएको छ।
यी सबै विवरण अनुमानित रहेको समाचार संस्था रोयटर्सले बताएको छ।
अमेरिकी संसदले उक्त उपकरणहरु हटाउन १ अर्ब ९० करोड डलरबराबरको रकम विनियोजन गरिसकेको अवस्थामा ३ अर्ब ८ करोड डलरको अभाव देखिएको हो।
अमेरिकाले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै चिनियाँ दूरसञ्चार कम्पनीको उपकरणमा प्रतिबन्धको निर्णय गरेको थियो।
222
Shares
प्रतिक्रिया