चीनको साइबरस्पेस नियामकले बुधबार साइबर नियम थप कसिलो बनाउने नियमको प्रस्ताव गरेको छ।
जसमा साइबर नियम उल्लंघनको जरिवाना बढाउनेलगायतका सुधारको योजना अघि सारिएको छ। चीनको साइबरस्पेस एड्मिनिस्ट्रेसन अफ चाइना (सीएसी)ले अन्य नयाँ नियमसँग सहकार्य बढाउन पनि नया नियमको प्रस्ताव गरिएको बताएको छ।
सीएसीले अहिले गरेको प्रस्तावको विषयमा सेप्टेम्बर २९ भित्र आम मानिसहरुले आफ्नो राय दिन सक्छन्।
उनीहरुको रायको आधारमा आगामी निर्णय लिइने सीएसीले बताएको छ। पछिल्ला केही वर्षमा चीनले डेटा सुरक्षा र व्यक्तिगत विवरण संरक्षणसम्बन्धी केही नयाँ नियम ल्याइसकेको छ।
गत जुलाईमा चीनले राइड हेलिङ कम्पनी डिडि ग्लोबललाई तीन प्रमुख कानुन उल्लंघनको आरोपमा १ अर्ब २० करोड अमेरिकी डलरबराबरको जरिवाना लगाएको थियो।
30
Shares
प्रतिक्रिया