ad ad

प्रविधि


दिल्लीको राजनीतिक र्‍यालीमा पहिलोपटक फेसियल रिकग्निसन प्रविधिको प्रयोग

दिल्लीको राजनीतिक र्‍यालीमा पहिलोपटक फेसियल रिकग्निसन प्रविधिको प्रयोग

नेपालखबर
पुस १२, २०७६ शनिबार ८:१६,

दिल्ली प्रहरीले गत डिसेम्बर २ मा रामलिला मैदानमा आयोजित कार्यक्रममा फेसियल रिकग्निसन सफ्टवेयरको प्रयोग गरेको द इन्डियन एक्सप्रेसले जनाएको छ।

उक्त कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए। यस सफ्टवेयरले मानिसको मुहारलाई पहिचान गर्दछ।

भारतमा पहिलोपटक राजनीतिक र्‍यालीमा यस प्रविधिको प्रयोग भएको जनाइएको छ।

यस सफ्टवेयरबाट आन्दोलनमा हिंस्रक गतिविधि मच्चाउने व्यक्तिहरु पत्ता लाग्ने जनाइएको छ।

सन् २०१८ मा दिल्ली प्रहरीले उच्च अदालतको आदेशमा फेसियल रिकग्निसन सफ्टवेयर खरिद गरेको थियो।

यसबाट हराएका बालबालिकाको खोजी गरिने बताइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .