ad ad

समाज


स्वास्थ्य र इन्धन बचाउने सन्देशसहित पोखरामा ‘टुर दि पोखरा’

स्वास्थ्य र इन्धन बचाउने सन्देशसहित पोखरामा ‘टुर दि पोखरा’

वाशुदेव मिश्र-दीपक भट्ट
पुस १२, २०७६ शनिबार ८:१,

 ‘मैले बेलैमा साइकल चलाइन, शरीर पनि बिगार्‍यो, जिऊ पनि बिग्रियो, देश पनि बिग्रियो’, चर्चित कलाकार हरिवंश आचार्य यतिमै रोकिएनन्’, उनले थपे, ‘हाम्रो देशबाट सबैभन्दा बढी पैसा बाहिर गएको इन्धन र उपचारमा नै हो, विदेशीका अस्पतालहरुमा नेपालीको भीड छ।’

उनले स्वस्थ रहन, वातावरण जोगाउन र राष्ट्रको पैसा बचाउँन साइकल चढ्नु पर्ने तर्क गरे। पोखरामा शनिबार आयोजना गरिएको ‘टुर दि पोखरा’ नामक कार्यक्रमको उद्घाटनकै अवसरमा उनलाई मदनकृष्ण श्रेष्ठले पनि समर्थन जनाए। साइलक चढेर स्वस्थ बन्न आम नेपालीलाई आग्रह गरे।

पोखरा र समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने तथा साइकल चढ्ने अभियानलाई सघाउन साइकल सिटी पोखराले शनिबार पाँचौँ पटक टुर दि पोखरा आयोजना गरेको हो। टुर दि पोखरामा झण्डै ५ सयभन्दा बढी साइकल चालकहरु सहभागी भए।

साइकललाई प्रमुख सवारी साधन बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमलाई नेपाल आयल निगमले सघायो। आयल निगमकै अगुवाईमा इन्धन बचाऔँ, वातावरण जोगाऔँ, साइकल एक उपयोग अनेक भन्ने नारा अंकित साइकलमा साइकल यात्रीले झण्डै ३० किलोमिटरको यात्रा पनि तय गरे।

साइकल सिटीका अध्यक्ष महेन्द्रराज कोइरालाले नेपालले २ खर्ब र पोखराले १६ अर्बको वार्षिक इन्धन खपत गर्ने परिपेक्ष्यमा इन्धनको खपत कम गराउनु पनि यो दौडको आयोजना गरिएको जिकिर गरे। आयल निगमका सुरेन्द्र पौडेलले इन्धन बचाउने अभियानसँगै साइकलले स्वास्थ्य पनि राम्रो बनाउने बताए।

दौडमा एकहात मात्रै भए पनि कुशलतापूर्वक साइकल चलाउने विशाल गर्बुजा र सागमा रजतपदक विजेता जमुना थापा पनि सहभागी भइन्। पोखराको तल्लो गगनगौंडा निवासी गर्बुजाको देब्रे हात छैन। उनको कुशलता र साइकल मोहलाई संवोधन गर्न दौडकै सद्भावना राजदूत बनाइएको दौड संयोजक राजन गोंगजुले बताए। उनीहरुलाई उद्घाटनको क्रममा सम्मानित पनि गरियो। दौडमा साइकलमार्फत दैनिक जीवन चलाउनेहरु पनि सामेल थिए। साइलकमा कवाडी सामान उठाउनेहरुले यो दौडमा भाग लिए भने बालबालिका र युवाहरुले पनि साइकल चढेर पोखराको फन्को लगाए। टुर दि पोखरामा काठमाण्डौ, बागलुङ ,स्याङ्जालगायतका जिल्लाबाट पनि सहभागिता भएको थियो।

फ्रान्सको १०३ वर्ष पुरानो टुर दि फ्रान्सको झल्को दिनेगरि आयोजित यो दौडले साइकलप्रतिको मोह बढाउने आशा व्यक्त गरे। उनले नेपालको प्रवद्र्र्धन गर्न तथा साइकल लेन बनाउन दवाव दिन पनि कार्यक्रम आयोजना भएको बताए। कार्यक्रममा बोल्दै पोखरामा मेयर मानबहादुर जिसीले पोखराका केही ठाउँहरुमा साइकल लेनको विकास गर्ने महानगरको योजना रहेको सुनाए। बेगनासदेखि माझथानालगायतका क्षेत्रमा त्यस्ता लेन बन्ने उनको भनाई थियो। दौडअन्तर्गत रक्तदान,स्लो साइकल रेस, वान ह्विल रेस, जिगज्याग साइक्लिनिङ तथा पुरुष तथा महिला साइकल दौड प्रतियोगिता पनि सामेल गरिएको छ।

पोखराको कुनै पनि सडकमा साइकल लेन भने बनाइएको छैन। उकालो–ओरालो बाटो, बढ्दो सवारी एवं प्रदुषणका कारण पछिल्लो समय साइकल चढ्नेहरु घट्दै र असुरक्षित हुँदै गएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .