ad ad

समाज


सोमालियामा शनिबार बिहानै कार बम बिस्फोट, २० जनाको मृत्यु

सोमालियामा शनिबार बिहानै कार बम बिस्फोट, २० जनाको मृत्यु

नेपालखबर
पुस १२, २०७६ शनिबार ८:३१,

राजधानी मोगादिशुमा बिहानीको व्यस्त समयमा कार बम बिस्फोट भएको बीबीसीले जनाएको छ।

एएफपीसँग कुरा गर्दै प्रहरी अधिकृत इब्राहिम मोहमदले भने,‘बिस्फोट निकै शक्तिशाली थियो। २० जनाभन्दा बढीको मृत्यु भएको छ। धेरै जना घाइते भएका छन्।’

हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन्। त्यस क्षेत्रमा अल सबाब शसस्त्र समूहले हिंसा मच्चाउँदै आएका छन्।

अलकायदासँग सम्बन्ध भएको अल सबाबले दश वर्षयता सोमालियामा हिंसा मच्चाइरहेका छन्।

राजधानी मागादिशुबाट अल सबाबको नियन्त्रण सन् २०११ बाट हटाइए पनि केही क्षेत्रमा अझै अल सबाबकै नियन्त्रण छ।

Image result for mogadishu car bomb

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .