चिनियाँ स्मार्टफोन निर्माता साओमीले पहिलो पटक विद्युतीय गाडी बनाएको छ। बिहीबारदेखि उसले अर्डर लिन थालेको छ।
प्रमुख कार्यकारी लेइ चुनले सार्वजनिक गर्न लागिएको ईभी स्पिड अल्ट्रा ७ को मूल्य ५ लाख युआन अर्थात् ९२ लाख नेपाली रुपैयाँ हाराहारी हुने बताएका छन्।
सो कम्पनीले ठूला ईभी निर्माता टेस्ला र बीवाईडीलाई टक्कर दिने विश्वास गरिएको छ।
विश्वभर ईभीको बिक्री कम भएको बेला साओमीको कार बजारमा आएको छ। यसले मूल्य कम गर्ने प्रतिस्पर्धालाई अझ चर्काउने आकलन गरिएको छ।
साओमीको फोन, ल्यापटप र अन्य उपकरणसँग साझा अपरेटिङ सिस्टम हुने हुनाले ग्राहकहरुलाई आकर्षित गर्ने कम्पनीको आशा छ।
साओमी विश्वको तेस्रो ठूलो स्मार्टफोन बिक्रेता हो। यसले बजारका करिब १२ प्रतिशत हिस्सा ओगटेको छ।
उसले वार्षिक २ लाख वटा कार बनाउने बेइजिङको कारखानामा कार बनाउनेछ।
अहिले सबै प्रविधि कम्पनी ईभीतर्फ आकर्षित भएका छन्। तर, एप्पलले भने ईभी बनाउने योजना गत महिना रद्द गरेको बताइएको छ।
आगामी १० वर्षमा ईभी निर्माणमा १० अर्ब डलर लगानी गर्ने साओमीले जनाएको छ।
चीनमा हालै टेस्ला र बीवाईडीले कारको मूल्य कटौती गरेका छन्। एजेन्सी
Shares
प्रतिक्रिया