यसकारण सिंगापुर प्रविधिको माध्यमबाट अनुहार प्रमाणिकरण गर्ने पहिलो देश हुन लागेको पनि बताइएको छ।
यस बायोमेट्रिक परीक्षणले मानिसहरुलाई निजी तथा सरकारी दुवै सेवामा सुरक्षित पहुँच दिनेछ।
सिंगापुरका प्रविधि एजेन्सीहरुले यस कार्य देशको डिजिटल अर्थव्यवस्थाका लागि अपरिहार्य रहेको बताएका छन्।
सुरुवातमा अनुहार प्रमाणिकरण प्रविधि बैंकहरुमा परीक्षण गरिएको थियो। यतिबेला राष्ट्रभर यो प्रविधिको प्रयोग हुन लागेको छ।
यस प्रविधिले मानिसलाई पहिचान मात्र गर्ने नभएर वास्तविक व्यक्ति त्यहीँ छन् या छैनन् भनेर सुनिश्चित गर्नेछ।
विभिन्न कार्यालयहरुमा मानिसहरुको अनुहारलाई चिन्न प्रविधिको प्रयोग गरिने र ती व्यक्तिहरुको कागजातमा भएको फोटोसँग वास्तविक मानिस हुन् कि हैनन् भनेर प्रमाणिकरण गरिनेछ। एजेन्सी
3
Shares
प्रतिक्रिया