यसवर्ष भने एप्पलले आइफोन १३ सार्वजनिक गर्दैछ।
आइफोन १२ सार्वजनिक भएको ६ महिनाभन्दा बढी पुगिसकेको अवस्थामा एप्पलले आइफोन १३ मोडलका फोनहरु ल्याउन लागेको अमेरिकी प्रविधिसँग सम्बन्धी वेबसाइट सिनेटले जनाएको छ।
सिनेटमा उल्लेख भएअनुसार यसवर्ष एप्पलले चार मोडलका आइफोन १३ सार्वजनिक गर्ने योजना बनाएको छ।
एप्पलका विश्लेषक मानिएका मिङ–ची कुओका अनुसार आइफोन–१३, आइफोन–१३ मिनी, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्स नयाँ आइफोनका मोडलहरु हुन्।
एप्पलले हरेक वर्षको सेप्टेम्बरमा आइफोन सार्वजनिक गर्दछ। यसवर्ष पनि सोही महिनामा आइफोन १३ सार्वजनिक हुने अपेक्षा गरिएको छ।
गतवर्ष भने कोरोना महामारीका कारण आइफोन केही महिना ढिलो गरेर अर्थात् अक्टोबरमा सार्वजनिक गरिएको थियो।
प्रतिक्रिया