ad ad

समाज


२३ दिनदेखि प्रहरी जवान बेपत्ता

२३ दिनदेखि प्रहरी जवान बेपत्ता

नेपालखबर
असार २३, २०७८ बुधबार १४:३८,

गोरखाको सामागाउँ प्रहरीचौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर २३ दिनदेखि बेपत्ता भएका छन्।

घर बिदामा गएर प्रहरीचौकी फर्किने क्रममा उनी असार १ गतेदेखि सम्पर्कविहीन भएको गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए। उनको खोजीका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको छ। 

एसपी खनालका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिका–२ का कुँवर गोरखा सदरमुकामबाट साथीहरुसँग मोटरसाइकलमा कार्यक्षेत्र फर्किएका थिए। तर उनी कार्यक्षेत्रमा नपुगेपछि प्रहरी चौकी इन्चार्जले खबर गरेको र अहिलेसम्म पत्ता लाग्न नसकेको खनालले बताए।

चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत कुँवर धार्चे गाउँपालिकाको तातोपानी क्षेत्रसम्म मोटरसाइकलमा गएको र त्यहाँबाट पैदल एक्लै बाटो लागेको उनलाई त्यहाँ छाडेका साथीले बताएका छन्।

त्यस क्षेत्रका अन्य प्रहरी चौकीमा पनि सोधखोज गर्दा पत्ता लाग्न नसकेको एसपी खनालले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .