ad ad

समाज


कुर्द लडाकुको आक्रमणमा परी टर्कीस सेनाको मृत्यु

कुर्द लडाकुको आक्रमणमा परी टर्कीस सेनाको मृत्यु

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ८:१५,

संयुक्तराज्य अमेरिकाको अग्रसरतामा टर्कीले युद्धविरामका लागि सहमति जनाए पनि टर्कीले आक्रमण जारी राखेको आरोप छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ताल अब्याद सीमा क्षेत्रमा गस्तीमा रहेका टर्कीका सेनामाथि कुर्दहरुले आक्रमण गरेर आफ्ना सैनिकको हत्या गरेको उल्लेख छ। विज्ञप्तिमा आत्मरक्षाका लागि टर्कीका सेनाले पनि प्रत्याक्रमण गरेको उल्लेख छ।

अमेरिकी अनुरोध र दबाबमा टर्कीले पाँच दिनका लागि कुर्द बहुल सिरियाली भूभागमा अस्थायी युद्धविराम गरेको थियो। पाँच दिनभित्र कुर्द लडाकूहरुले पनि सिरिया–टर्की सीमाक्षेत्र छाड्नु पर्ने शर्त राखिएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोआनले सुरक्षित क्षेत्रबाट कुर्दहरुपछि नहटे जस्तोसुकै कारबाही गर्न टर्की बाध्य हुने चेतावनी दिएका छन्।

शनिबार टर्की र कुर्दिस लडाकूहरुले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .