ad ad

समाज


अफगानिस्तानबाट आएका नेपालीको स्वागतमा एयरपोर्ट पुगे अमेरिकी दूतावासका प्रतिनिधि

अफगानिस्तानबाट आएका नेपालीको स्वागतमा एयरपोर्ट पुगे अमेरिकी दूतावासका प्रतिनिधि

नेपालखबर
भदौ १, २०७८ मंगलबार १२:३३, काठमाडौँ

तालिबानको त्रासबीच अफगानिस्तानबाट उद्धार गरि ल्याइएका १२७ जना नेपालीलाई स्वागत गर्न काठमाडौंस्थित अमेरिकी दूतावासका प्रतिनिधि विमानस्थलमै पुगेका छन्। 

अमेरिकी सेनाको जहाजबाट अफगानिस्तानदेखि कुवेत लगिएका नेपाली र केही भारतीयलाई जजिरा एयरलाइन्सको जहाजबाट काठमाडौं ल्याइएको हो। 

ती नेपालीलाई विमानस्थलको जहाज पार्किङ एरियामै पुगेर अमेरिकी दूतावासका अधिकारीले स्वागत गरेका हुन्। 

काबुलस्थित अमेरिकी सेनाको व्यारेक र दूतावासमा कार्यरतमध्ये १२७ नेपालीलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाले रिसिभ गरेको छ। 

कुवेतबाट काठमाडौंसम्म आउने व्यवस्था पनि अमेरिकी सेनाले नै गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए।

उनीहरुलाई नेपाली सेनाले सामाखुसीमा बनाएको क्वारेन्टिनमा लगिएको छ। अब त्यहाँ एन्टिजेन परीक्षण गरेर मात्रै क्वारेन्टिनमा राख्ने वा घर पठाउने निर्णय हुनेछ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .