पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक खुलेको छ।
मंगलबार राति २ः०० बजेदेखि बन्द सडक पहिरो हटाइएपछि खुलेको हो।
अहिले दुइतर्फी नै यातायात सञ्चालन भएको इलाका प्रहरी कार्यालय (मुग्लिन) ले जनाएको छ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलानजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक बन्द भएको थियो। पहिरो पन्छाइएपछि अहिले दुवैतर्फका गाडी आआफ्ना गन्तव्यतिर लागेका छन्।
9
Shares
प्रतिक्रिया