ad ad

समाज


एसिड आक्रमणमा परेकी मुस्कानको प्रधानमन्त्रीलाई पत्रः मैलेजस्तो पीडा भोगेँ, अरुले भोग्न नपरोस्

एसिड आक्रमणमा परेकी मुस्कानको प्रधानमन्त्रीलाई पत्रः मैलेजस्तो पीडा भोगेँ, अरुले भोग्न नपरोस्

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ७:५७,

एसिड आक्रमणमा परेकी किशोरी मुस्कान खातुन अन्सारीले आफूमाथि एसिड हान्नेलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेकी छन्।

कक्षा ९ मा अध्ययनरत मुस्कानमाथि गत भदौ २० गते वीरगञ्जमा एसिड आक्रमण भएको थियो। उनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। खातुनमाथि एसिड आक्रमण गर्ने माजिद मियाँ र सम्साद मियाँ पक्राउ परिसकेका छन् । प्रहरीले दुवै जनामाथि ज्यान मार्ने नियत तथा तेजाबलगायत अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेको मुद्दा दर्ता गरेको कारबाही अगाडि बढाएको छ।

अस्पतालको शैश्याबाटै उनले प्रधानमन्त्रीका सम्बोधन गर्दै केही दिन अगाडि लेखेको पत्र अहिले सार्वजनिक भएको छ। पत्रमा उनले प्रधानमन्त्रीको ठाउँमा आफू भएको भए तेजाब प्रहार गर्नेहरूलाई फाँसी दिने बताएकी छन्।

‘पहिले सीमा बस्नेत र संगीता खड्कालाई एसिड आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला’, खातुनले पत्रमा लेखेकी छन्, ‘प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला।’

 हेरौँ उनको पत्र जस्ताको तस्तै

मिति :२०७६/७/५

माननीय प्रधानमन्त्रीज्यू
म मुस्कान खातुन अन्सारी

मेरो तर्फबाट नमस्ते । म एउटा तेजाब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घट्यो । यो घटनाको पीडा भनेको ठुलो पीडा हो । पहिले सीमा बस्नेत र संगीता खड्कालाई एसिड आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला । प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।

यसपाली एसिड आक्रमणकारीले ठुलो भन्दा ठुलो सजाए पाओस् ता कि म जस्तो एउटा बलिकामाथि या चेलीबेटी कसैमाथि तेजाव आक्रमण नहोस् । मैले जति पीडा  खपेको छु, त्यो पीडा अरु कोही माथि पनि नहोस् । यो पीडा भनेको सानो पीडा होइन । एउटा देशको ठूलो पीडा हो । आमा र बुवाको पनि पीडा धेरै ठुलो पीडा हो । यो पीडा  कसैको आमा र बुवाले खप्नु नपरोस् । त्यो दोषीलाई यसपालि ठूलो भन्दा ठुलो सजाय होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस्। यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलीबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ ।

धन्यवाद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .