ad ad

कारोबार


व्यापारीले किनबेचमा तलमाथि गरे अब एपबाटै उजुरी गर्न पाइने

व्यापारीले किनबेचमा तलमाथि गरे अब एपबाटै उजुरी गर्न पाइने

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार ७:४८,

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ताको गुनासो एपमार्फत लिने भएको छ।

उपभोक्ताहरुले बजारमा सामान खरिद गर्दा व्यापारीहरुले अनियमितता र कालोबजारी गरेको पाइए सिधै एप्समार्फत गुनासो गर्नसक्ने ‘उपभोक्ता गुनासो एप्स’ सञ्चालनमा आएको हो। एप्स कार्यान्वयनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले शुक्रबार गरेका हुन्।

उपभोक्ताले आफ्नो मोबाइलमा उपभोक्ता गुनासो एप्स प्रयोगका लागि डाउनलोड गर्नुपर्ने र सो एप्सबाट विभागमा गुनासो लेखेर पठाउन सकिनेछ। गुनासोको सम्बोधन भएको वा हुन नसकेको सूचना प्राप्त हुने प्रणालीले गर्दा विना झन्झट गुनासो गर्न र सोको सम्बोधन समयमै हुन नसके विभागलाई घच्घच्याउन सकिनेछ।

विभागले उपभोक्ताहरुबाट पठाइएका गुनासो प्राप्त गरेपछि अनुगमन वा निरीक्षण गरेर वा सामान्य बुझेर भएरगरेको कारवाहीका बारेमा उपभोक्तलाई सूचना पठाउनेछ। ती गुनासाहरु के कसरी सम्बोधन वा फछ्र्यौट भए भन्ने कुरा स्वतः अभिलेख रहने हुँदा सो एप्सको प्रयोगबाट विभागको काम पारदर्शी देखिने जनाइएको छ।

उपभोक्ता गुनासो एप्सको कार्यान्वयनले गर्दा गुनासो संख्या बढ्ने र सोही अनुसारको कारवाहीका लागि विभाग थप सक्रिय बन्ने कारण व्यवसायीहरुको क्रियाकलाप तथा बजार क्रमशः स्वच्छ र उपभोक्तामुखी बन्दै जाने कार्यमा सघाउ पुग्नेछ।

उक्त एप छठपछि पूर्ण सञ्चालनमा आउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .