जम्मु–कस्मिरको श्रीनगरमा आतंककारीले पुरुष र महिला शिक्षको हत्या गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार इदगाह क्षेत्रस्थित गभर्नमेन्ट ब्वाइज स्कुलभित्रै पसेर हतियारधारी समूहले गोली हानी प्रधानाध्यापक सुपिन्दर कौर र शिक्षक दीपक चन्दको हत्या गरेको हो।
गाेली चलाइएकाे स्कुल
सुपिन्दर कौर सिख समुदाय र दीपक चन्द कस्मिरी पण्डित समुदायका थिए।
सुरक्षाबल घटनास्थल पुगेर आतंककारीको खोजी गरिरहेको छ।
जम्मु–कस्मिरमा नागरिक हत्या गरिएको पछिल्ला ५ दिनमा यो सातौं घटना हो। जसमध्ये ६ जना श्रीनगरकै छन्।
783
Shares
प्रतिक्रिया