ad ad

समाज


महाकालीमा फसेकाको उद्धारको लागि हेलिकप्टर उड्न सकेन

महाकालीमा फसेकाको उद्धारको लागि हेलिकप्टर उड्न सकेन

महाकाली नदी।


नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १२:५८, काठमाडौँ

महेन्द्रनगर। सुदूरपश्चिममा अविरल वर्षापछि डुबानमा फसेकाहरुको उद्धारको लागि आउने तयारी गरेको हेलिकप्टरको उडान प्रभावित भएको छ। 

सुर्खेतबाट आउने भनिएको नेपाली सेनाको हेलिकप्टर प्रतिकूल मौसमका कारण अहिलेसम्म त्यहाँबाट उड्नसकेको छैन।

मौसममा आएको खराबीका कारण उद्धारको लागि हेलिकप्टर उड्न नसकेको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्। 

‘उद्धारको लागि हेलिकप्टरलाई बिहानै खबर गरिएको थियो । तर त्यहाँको मौसम पनि खराब हुनाले हेलिकप्टर आउनसकेको छैन’, उनले भनिन्, ‘दुई तीन पटक हेलिकप्टर उड्दै, बस्दै गरेको छ।’

महाकाली नदीमा पानीको वहाव बढेपछि तटीय क्षेत्रअन्तर्गत पर्ने भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका बस्ती डुबानमा परेका छन्। 

यस्तै भीमदत्त नगरपालिका–९ मसेट्टीमा महाकालीको बाढीमा फसेका छन्। 

अविरल वर्षाले महाकाली नदीमा पानीको बहाब बढे पछि नदी किनारमा कुखुरा खोर कुर्न गएका पुष्कर नायक, दीर्घमती खड्का, शान्ती नायक, असोक नायक र अजय नायक बाढीमा फसेका छन् । 

सोमबार रातिदेखि बाढीमा फसेका उनीहरु रुखमा बसेका छन् । 

मन्त्री जोशीसहितको टोली बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमनमा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .