प्रदेश ५ ले अनुप बाँस्कोटालाई सूचना प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।
सूचना प्रविधिमा २१ वर्षदेखि कार्यरत बास्कोटा काठमाडौं विश्वविद्यालयको सहप्राध्यापक तथा कम्प्युटर इन्जिनियरिङ विभागको प्रमुख रहिसकेका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशकको रुपमा पनि उनी कार्यरत थिए।
उनी राष्ट्रिय सूचना प्रविधि विकास परियोजनाको निर्देशक पनि रहिसकेका छन्।
प्रतिक्रिया