युनिसेफले दक्षिण एसियाका ६२ करोड बालबालिका विषाक्त हावामा सास फेर्न बाध्य भएको बताएको छ।
दक्षिण एसिया भ्रमण सकेर अमेरिका फर्केपछि एक वक्तव्य जारी गर्दै युनिसेफकी कार्यकारी निर्देशक हेनरिएटा फोरले दक्षिण एसियाको वायु सफा गर्न तत्काल कदम चाल्न आह्वान गरेकी छन्।
‘सफा वातावरणमा बाँच्ने र सफा हावामा श्वास फेर्न पाउनु बालबालिकाको अधिकार हो । हामीले अहिले नै कदम चाल्नुपर्छ,’ उनले भनेकी छन्।
वायु प्रदूषण बालबालिकाको मृत्युको सबैभन्दा ठूलोमध्ये एक कारण भएको पनि उनले स्मरण गराएकी छन्। यसबाट निमोनिया, दम, ब्रोंकाइटिसजस्ता श्वासप्रश्वासजन्य रोग लाग्न सक्छ।
अत्याधिक अत्याधिक वायु प्रदूषणले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा समस्या निम्त्याउनेतर्फ पनि युनिसेफले सचेत गराएको छ।
‘बालबालिकाको फोक्सो सानो हुने हुँदा उनीहरुले वयस्कहरुको तुलनामा दोब्बर सास फेर्छन् । उमेरसँगै आउने प्रतिरक्षा प्रणालीको अभावले गर्दा बालबालिकाले उनीहरुको बिग्रँदो स्वास्थ्य र स्नायू प्रणालीमा असरको प्रभाव खेप्नुपरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया