अनसन बसेको सातौँ दिनमा बरिष्ठ चिकित्सक डा गोविन्द केसी अस्पताल भर्ना भएका छन्।
डडेल्धुरा पुगेर सत्रौँ अनसन सुरु गरेको एक हप्तामा स्वास्थ्य अवस्था विग्रेपछि डा. केसीलाई डडेल्धुरा अस्पताल भर्ना गरिएको हो।
डडेल्धुरा जिल्ला अस्पतालका अनुसार डा. केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको, मृगौलामा समस्या देखिएको छ। यस्तै, उनको स्वास्थ्य अवस्था कमजोर बनेको अस्पतालले जनाएको छ। साे अस्पतालले त्यहाँ आईसीयू सुविधा उपलब्ध नभएकाे र दक्ष जनशक्ति समेत नरहेकाे भन्दै डा केसीलाई सुविधासम्पन्न ठाउँमा लैजान आग्रह पनि गरेकाे छ।
प्राध्यापक डा. केसीले सोमबार डडेल्धुरा पुगेर १७ औँ अनसन सुरु गरेका हुन्। आफूसँग भएका पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने डा. केसीको अडान छ।
डा. केसीले यही असोज २७ गते त्रिभुवन विश्विद्यालय शिक्षण अस्पतालबाट अवकाश पाएका थिए।
प्रतिक्रिया