गएको २४ घण्टामा विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
प्युठानमा आगो ताप्ने क्रममा शरीरमा आगो सल्कँदा एक महिलाको मृत्यु भएको छ। सरुमारानी गाउँपालिका–१ माझीलाढिक बस्ने वर्ष ६८ की ती महिला आगो ताप्ने क्रममा कपडामा आगो सल्किई घाइतेको भएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै, धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ भरतपुर बस्ने वर्ष ३५ की एक महिला घुर ताप्ने क्रममा साडीबाट आगो सल्किई घाइते भएकी छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
यता, सुनसरीको इटहरी उपमहानगरपालिका–७ बस्ने वर्ष ७७ की एक महिला घरमा आगो बाली ताप्ने क्रममा कपडामा आगो सल्किई घाइते भएकी छन्। उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी, सप्तरीको हनुमान कंकालिनी नगरपालिका–१० बस्ने वर्ष ३६ की एक महिला आगो ताप्ने क्रममा कपडामा आगो सल्किई घाइते भएकी छन्। उनको गजेन्द्र नारायण सिंह अस्पताल उपचार भइरहेको छ।
यसैगरी, काठमाडौंको रातोपुल, सिरहाको लहान, बाँकेको नेपालगञ्ज, मोरङको सुनसरी, मोरङकै जहदामा आगलागीका विभिन्न घटनाबाट लाखौं रुपैयाँ बराबरको क्षति भएको छ।
Shares
प्रतिक्रिया