विराटनगरस्थित नोबेल मेडिकल कलेजले मनपरी शुल्क उठाएपछि आन्दोलित विद्यार्थीहरुले शुक्रबार पनि माइतीघरमा प्रदर्शन गरे।
अतिरिक्त शुल्क नबुझाएको भन्दै एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएपछि आन्दोलित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।
उनीहरूले शुक्रबार चिकित्सकको पोसाकमै माइतीघरमा आएर नाराबाजी गरे।
कलेज सञ्चालक सुनील शर्मासहितले यसअघि नै सहमति भइसकेको बताए पनि विद्यार्थी झन् आन्दोलित भएका हुन्।
45
Shares
प्रतिक्रिया