ad ad

समाज


काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरीको मृत्यु

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरीको मृत्यु

नेपालखबर
कात्तिक ३०, २०७६ शनिबार ३:२०,

काठमाडौंमा आज (शनिबार) बिहान मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ।

बा ९१ प १७६६ नम्बरको मोटरसाइकल शनिबार बिहान बानेश्वरमा सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा त्यसमा सवार प्रहरी जवान गोकुलबहादुर रोकायको मृत्यु भएको हो।

महानगरीय प्रहरी प्रभाग बलम्बुमा कार्यरत बाजुराका बासिन्दा थिए।

दुर्घटनामा परी गम्भीर घाइते उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकल पछाडि बसेका उदयपुरको चौदण्डीगढी नगरपालिका-४, का प्रदीप मगर घाइते भएका छन्।

उनको उपचार सिभिल अस्पतालमै भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रदीप सशस्त्र प्रहरी बल राष्ट्रिय प्रतिष्ठान मातातीर्थमा तालिमरत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .