ad ad

समाज


पाटेबाघको छालासहित ६ जना पक्राउ

पाटेबाघको छालासहित ६ जना पक्राउ

नेपालखबर
मंसिर ८, २०७६ आइतबार १४:५७,

धादिङको गजुरी गाउँपालिका–२ वालसिङबाट पाटेबाघको छालासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बाघको छाला ओसारपसार हुँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेर दुर्लभ पाटेबाघको छाला १ थान, तीनओटा मोटरसाइकलसहित छ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले पत्रकार सम्मेलन गरेर जानकारी दिए।

प्रहरीले खानतलासी गर्दा बा १८ प ९६९३ नम्बरको मोटरसाइकल चालक भाइराम प्रजा र सो मोटरसाइकल पछाडि बस्ने राजेन्द्र तामाङले बोकेको जेब्रा झोलाभित्र बोरामा लुकाइछिपाई राखेको अवस्थामा ७ फिट २ इन्च लम्बाइ र १ फिट ३ इन्च चौडाइ भएको पाटे बाघको छाला फेला पारेको थियो।

प्रहरीले बा। १८ प ९६९३, ग ७ प ५९६३ र ग ६ प १६४५ नं को मोटरसाइकल बरामद गरेको छ। छालासहित पक्राउ पर्नेहरु गजुरी गाउँपालिका–३ का ३८ वर्षीय प्रजा, सोही स्थानका ३४ वर्षीय तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका–२ का ५७ वर्षीय सन्त तामाङ, सोही गाउँपालिका–३ का २१ वर्षीय राजकुमार तामाङ रहेका छन्।

पक्राउ गरिएको छाला र ६ जना आरोपीहरुलाई प्रहरीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनबमोजिम अनुसन्धान गरी कारबाहीका लागि जिल्ला डिभिजन वन कार्यालय पठाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .