ad ad

समाज


त्रिचन्द्र कलेजका प्रमुख न्यौपानेमाथि कुटपिट

त्रिचन्द्र कलेजका प्रमुख न्यौपानेमाथि कुटपिट

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ८:३८,

त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि कुटपिट भएको छ।

सोमबार बिहान विद्यार्थीहरुको एक समूहले न्यौपानीलाई क्याम्पस हाताभित्रै हातपात गरेको हो। प्रहरीका अनुसार न्यौपानेको हातमा चोट लागेको छ। उनको वीर हस्पिटलमा उपचार भइरहेको छ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ। अनेरास्ववियूका कार्यकर्ता मनराज थापा र गोविन्द थपलिया पक्राउ परेका हुन्।

कलेजले विज्ञान संकायमा शुल्क बढाएपछि विद्यार्थीहरु आन्दोलित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .