महानगरी प्रहरीको अपराध महाशाखाले काठमाडौं उपत्यकाबाट दुई जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ।
महाशाखाले लाखौँ रकमसहित नरदेवीका गोवर्द्धन प्रसाद सरावगी र अर्घाखाँचीका कृष्ण प्रसाद भट्टराईलाई पक्राउ गरेको हो।
उनीहरुले अवैध हुन्डीको कारोबार गरी राजस्व छली गर्दै आएका थिए। दुवै जना न्युरोड क्षेत्रबाट पक्राउ परेका प्रहरीले जनाएको छ। दुई जनाको साथबाट प्रहरीले ३८ लाख रुपैयाँ बरामद गरेको छ। भट्टराईलाई अन्जनी ओभरसिजका सञ्चालक रहेका सरावगीले हुन्डीका लागि ३० लाख दिएका थिए।
त्यस्तै सरावगीको साथबाट ८ लाख १२ हजार नगद र विभिन्न व्यक्तिको नाममा काटिएको चेक पनि बरामद भएको महाशाखाले जनाएको छ। यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया